Logo

को हुन नेयमार ? नेयमारको संघर्षको कथा ! ( भिडियोमा हेर्नुहोस नेयमारको संघर्ष )



Spread the love

दुर्गा खड्का- सन् १९९२ फ्रेब्रेरी ५ ब्राजिलको मोगीदास शहरमा पिता नेयमार स्यान्टोस सिनियर र  माता नादीन  स्यान्टोसको कोखबाट जन्मेका नेमार अहिले विश्वका सर्वाधिक महंङ्गा खेलाडी बनेका छन् ।

कस्तो रह्यो नेयमार को बाल्यकाल ?

फुटबलको उर्वर भूमि ब्राजिलमा जन्मेका नेयमार फुटबल प्रोफेसर का छोरा हुन् ।

सानै देखि फुटबलमा अदभोध क्षमता नेयमारमा रहेको थियो  ।  फुटबल जगतमा पहिलो पटक सन् २००३ मा ११ वर्षको उमेरमा नेयमार  ब्राजिलको  स्यान्टोस युथ क्लबमा सहभागी भएका थिए ।

सन् २००९ मा नेयमार ब्राजिलको  स्यान्टोस सिनियर क्लबमा अनुबन्धन भएका थिए ।

स्यान्टोस सिनियर टिममा नेयमारले निकै राम्रो प्रदर्शन गरे ।  कुल २२५ खेलमा १३६ गोल गरेका थिए ।

१४ वर्षको उमेरमै स्पेनिक क्लब रियल मेड्रिडले अनुबन्धन गर्न चाहेको थियो तर नेमारको अदभोध क्षमताबाट प्रभावित भइ ब्राजिलले आफ्नै देशको क्लबमा राखेको थियो ।

नेयमारमाथि दिनप्रति दिन विश्वका ठुलाठुला क्लबको ध्यान खिचिँदै थियो, नभन्दै २०१३ मे २७ मा स्पेनिक क्लब बार्सिलोनाले ७६ मिलियनमा नेमारलाई अनुबन्धन गर्‍यो । बार्सिलोनामा पनि नेयमारको प्रदर्शन उच्च रहयो । बार्सिलोनाको लागि १०५ गोल गर्दै ४१ उत्कृष्ट पास मिलाएका थिए ।

त्यस्तै सन् २०१७ अगस्थ ३ मा( पी.एस.जी) मा  विश्व क्रितिमानी रकम २२२ मिलिएनमा अनुबन्धन भएका  नेयमारले पी.एस.जी क्लबमा पनि निकै राम्रो प्रदर्शन गरे ।  डेब्यु खेलमै गोल गरेका नेमारले पी.एस.जीमा कुल २७ खेलमा २४ गोल गरे भने  लिग्यु १ को  उत्कृष्ट खेलाडी बन्न सफल भए ।

राष्ट्रिय टिममा कस्तो रह्यो नेयमार को प्रदर्शन 

१७ वर्षकै उमेरमा सिनियर टिममा डेब्यु  गरेका नेयमारले दुई वर्ष नबित्दै २०११/२०१२ को साउथ अमेरिका फुटबल  वर्षको अवार्ड जित्न सफल भए ।

२०१४ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएका नेयमार तथा उनको टिम ब्राजिल छैटौ पटकको लागि विश्वकप उचाल्ने दाउमा थियो । विडम्बना क्वार्टर फाइनलमा कोलम्बिया सँगको खेलमा नेमार घाइते भए पछि ब्राजिल तथा विश्व भरीका फ्यानलाई दु; खी बनायो, नेमार नहुँदा सेमिफाइनलमा जर्मन सँग ब्राजिलले इतिहासकै लजास्पद  हार बेहोर्यो  ।

तर २०१६ को रियो ओलम्पिक ब्राजिलले हात पार्‍यो । फाइनलमा जर्मनलाई हराएर २०१४ को बदला लिएको थियो  । त्यस्तै २०१८ को विश्वकपको दाबेदार रहेको ब्राजिल, नेयमार  मुख्य खेलाडी रहेका थिए  तर क्वार्टर फाइनलमा बेल्जियम सँग २-१ को  हार बेहोर्दै ब्राजिल बाहिरिएको थियो  । नेयमारले राष्ट्रिय  टिमबाट ९० खेलमा ५७ गोल गरेका छन् भने आफ्नो खेल जीवनमा १४ वटा ह्यट्टिक गरेका छन्  ।

आगामी दिनमा पनि नेयमार को उच्च प्रदर्शन रहोस् !

शुभकामना !

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्