Logo

ईम्याजिन कपको आर्टिफिसियल ईन्टिलिजियन्स अवार्ड नेपाली टिमलाई !



Spread the love

अमेरिकन मल्टिनेशनल कम्पनी माइक्रोसफ्ट कम्पनीले प्रत्येक वर्ष आयोजना गर्ने ईम्याजिन कपमा नेपाली टिम “टिम सोचवेयर ” ले आर्टिफिसियल ईन्टिलिजियन्स विधामा अवार्ड हात पारेको छ ।

नेपालले यसरी ईम्याजिन कपमा कुनै विधामा जित हात पारेको यो इतिहासकै पहिलो पटक हो । टिम सोचवेयरमा ३ जना नेपाली विद्यार्थी छन् । जसमा मदन भण्डारी कलेजमा सी.एस .आई.टि पढिरहेका शिशिर श्रेष्ठ, नेपाल ईन्जिनियरिङ्ग कलेजमा इलेक्ट्रोनिक्स तथा कमिनिकेशन ईन्जिनियरिङ्ग पढिरहेकी ईडा रिजाल, भर्खरै कलेज अफ ईन्फर्मेशन टेक्नोलोजी एन्ड ईन्जिनियरिङ्ग बाट कम्प्युटर पास गरेका आर्यन छन् ।

गत अप्रिल महिनामा मलेसियामा भएको रिजिनल फाइनलमा राम्रो प्रदर्शन गर्न सफल रहेर नेपाली टिम “टिम सोचवेयर” ईम्याजिन कप वर्ल्ड फाईनल्सको लागि छनोट भएको थियो ।

आमेरिकामा भएको वर्ल्ड फाईनल्समा आर्टिफिसियल ईन्टिलिजियन्स विधामा जित हासिल गरे लगत्तै शिशिर श्रेष्ठ, ईडा रिजाल र आर्यनले सामाजिक सञ्जाल फेसबुकमा, यो जित “टिम सोचवेयर” को मात्र नभएर साथ दिने मेन्टर, परिवार, इष्टमित्र, शिक्षक र सम्पूर्ण नेपालीहरूको रहेको जानकारी दिएका छन् ।

नेपाली युवाहरू पनि कोही भन्दा कम छैनन् भन्ने यो अर्को उदाहरण हो । बधाई छ “टिम सोचवेयर” लाई !!

प्रतिक्रिया दिनुहोस्