Logo

डिभाइडरमा कार ठोक्किँदा १ को ज्यान गयो, ३  ज्यान घाइते



Spread the love

अरनिको राजमार्गअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो चोकमा गएराति  सवारी दुर्घटनामा  हुदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

काठमाडौँबाट तीव्र गतिमा भक्तपुरतर्फ आइरहेको बा ३ च ८३१७ नम्बरको निजी कार सडक डिभाइडरमा ठोक्किँदा कार चालक सिन्धुली घर भई हाल सूर्यविनायक बस्ने वर्ष ४७ का रमेशराज राउतको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका राउतको उपचारका क्रममा गठ्ठाघरस्थित नागरिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही समयमा एकै दिशाबाट आइरहेको बा ४६ प १५५२ नम्बरको मोटरसाइकल ले कार संग ठोकिदा मोटरसाइकल चालक रामेछाप खाँडादेवीका बर्ष ३१ विष्णुबहादुर श्रेष्ठ र मोटरसाइकलको पछाडि बस्ने रामेछाप घर भएका बर्ष  ३३ राजन श्रेष्ठसमेत घाइते भएका छन् । घाइते दुवैको नागरिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कार चालक रमेशले मादकपदार्थ सेवन गरी चाल चलाउँदा कार अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएको र कार ठोक्किएर फर्किदा मोटरसाइकलसमेत कारमा ठोक्किन पुगी दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्