Logo

काँग्रेसका महामन्त्री कोइराला र उपसभापति निधिको सरकारलाई चेतावनी



Spread the love

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारको निरंकुशताविरुद्ध लड्ने चेतावनी दिएका छन् ।कोइरालाले सरकारको निरंकुशताविरुद्ध लडन पार्टीका सबै नेता,तथा कार्यकर्तालाई एकजुट भएर अघि बढ्न पनि आह्वान गरे ।विपी स्मृति दिवसको अवसर पारेर बुधबार काठमाडांैमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले पञ्चायति शासन कालमा जस्तो शैलीमा तरुण दलका नेता, कार्यकर्तामाथि केही दिन अघि आक्रमण गरेको घटना स्मरण गराउँदै आक्रोश समेत व्यक्त गरे ।

तेस्तै उपसभापति निधिले अहिलेको सरकारले दुई तिहाई दम्भका साथ अधिनायकवादी चरित्र देखाईरहेको आरोप लगाउँदै त्यसविरुद्ध लडन पार्टीका सबै जनवर्गीय संगठनहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्