Logo

विदेशी च्यानल प्रसारणका लागि शुल्क बढ्यो



Spread the love

सरकारले नेपालमा विदेशी च्यानल प्रसारणका लागि शुल्क बढाएको छ भन्ने खबर आजको कान्तिपुरमा छापिएको छ ।

समाचारमा भनिएको छ, सरकारले साउनदेखि लागू हुने गरी विदेशी च्यानलको डाउनलिंक शुल्क बढाएको हो । 

नयाँ शुल्कअनुसार विज्ञापन समावेश नभएका निशुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्न अनुमति पत्रबापत प्रतिच्यानल १ लाख रुपैयाँ तिनुपर्दछ ।

यस्तै विज्ञापन समावेश भएका निशुल्क च्यानलको डाउनलिंक गरी प्रसारण गर्न प्रतिच्यानल पाँच लाख रुपैयाँ पर्नेछ ।

विज्ञापन समावेश नभएका सशुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्ने अनुमतिबापत प्रतिच्यानल ३ लाख रुपैयाँ शुल्क तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्