Logo

सल्यान रुकुम यातायात व्यवसायी समितीद्वारा गाडी व्यवसायीलाई दशैंतिहार खर्च बितरण !



Spread the love

FB_IMG_1476034621641-1

सल्यान रुकुम यातायात ब्यवसायी समितिले आफ्ना ब्यवसायीहरुलाई दशै तिहार खर्च स्वरुप नौ लाख रुपैया बितरण गरेको छ ।

आफ्ना ब्यवसायीको दशै तिहार रमाइलो बनोस् भन्ने उद्देश्यका साथ समिती र ब्यवसायीको सम्बन्धलाई प्रगाढ गराउनको लागि पनि उक्त रकम बितरण गरिएको सल्यान रुकुम यातायात ब्यवसायी समितीले बताएको छ ।

समितीमा आईपर्ने हरेक समस्याहरुलाई टेवा पुर्‍याउने उद्देश्यका साथ समितीमा खडा गरिएका धेरै कोषहरु मध्ये ‘साहु हित कोष’ मार्फत प्रति गाडी दस हजारका दरले ठुला साना यात्रुबाहक नब्बे गाडीका गाडीधनिलाई जम्मा नौ लाख रुपैयाँँ बितरण गरिएको समितिका कोषाध्यक्ष रन्जित कुमार राईले बताउनु भयो।

“समितिले यी र यस्तै नयाँ-नयाँ कामको सुरुवात गर्दा आफूहरुलाई खुसी तुल्याइरहेको”,पत्रकार तथा ना ४ ख २९३५ नम्बर गाडीका मालिक प्रकाश भण्डारीले बताउनु भयो ।

“यात्रुको सहज सुबिधासँगै ब्यवसायीहरु प्रतिको समितिले गर्ने सद्भाव, बिकास निर्माण, सामाजिक कार्यमा संलग्नता र यातायात क्षेत्रको दीर्घकालीन योजनासहित अगाडि बढिरहेको यश समितीले गरेका यस्ता कार्यहरु अन्य समितीहरुका लागि समेत नमुनाको स्वरुप भइरहेको”समितीका अध्यक्ष लोकमान बुढाथोकीले उल्लेख गर्नुभयो । बुढाथोकीले,”गाडी धनी हरुलाई दशै तिहार खर्च दिने परि पाटी पहिलो पटक भयको हुन सक्ने र त्यसको सुरुवात आफ्नै समिती मार्फत गर्न पाउँदा खुसी लागि रहेको बताउनु भयो ।”
साथै, सोही अवसरमा समितीको तर्फबाट एक सय सत्र कर्मचारीलाई समितीको पोसाक समेत उपलब्ध गराइएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्