Logo

शुक्रबार विहान ९ बजे सम्म ६० हजार बढी मान्छे काठमाडौं भित्रिए



Spread the love

Naubise-Nagdhunga-Khandama

गाउँ जाने समयको रुपमा नेपालीहरुले दशैँलाई लिदै आएका छन्  ।  बर्षको सबै भन्दा बढी बिदा दशैँमै पाउने, दशैँ मुख्य चाडको रुपमा रहेकोले दशैँमा धेरै मान्छे राजधानीन बाट गाउँ तिर जाने गर्छन ।  दशैँ सकिए लगत्तै काठमाडौँ र्फकनेहरुको संख्यामा पनि उलेख्य हुने गर्छ ।

ट्राफिक प्रहरीका अनुसार शुक्रबार विहान ९ बजेभित्र ८ हजार २ सय २२ वटा सवारी साधन राजधानी भित्रिएका छन् । जसमा  करिब ६२ हजार ५ सय यात्रुहरु राजधानी प्रवेश गरेका छन् । उसो त बाहिरिनेहरुको संख्या पनि शुक्रबार मात्रै करिब ४२ हजार रहेको छ ।

आज  दिनभरमा  १ लाखभन्दा बढी यात्रुहरु काठमाडौँ प्रवेश गर्ने ट्राफिक प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्