Logo

सरकार र डा केसी पक्षबिचको बार्ता सफल : २७ औं दिनमा अनसन तोडिँदै



Spread the love

अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता टुंगोमा पुगेको छ ।

सरकारी र केसी पक्षको वार्ताटोलीबीच बिहीबार दिउँसो बसेको बैठकले सहमति जुटाएको हो ।
सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।
बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको सरकारी वार्ता टोली र केसी पक्षबीच भएको सहमतिलाई वालुवाटारमा अन्तिम रुप दिइने र सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।
सहमतिमा हस्ताक्षरसँगै केसीको अनसन आजै तोडिने र केसीको अनसन तोडाउन नेम्वाङ र केदारभक्त माथेमासहितको टोली शिक्षण अस्पताल जाने तय भएको बताइएको छ ।

सहमतिको बुँदा भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्