Logo

सल्यानी युवा संजाल दाङ सम्पर्क समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न



Spread the love

सल्यानी युवा संजाल दाङ सम्पर्क समितिको आयोजनामा दाङको घोराहीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

पछिल्लो समय दाङमा रगतको अभाव कम गर्न  रक्तदान कार्यक्रम आयोजना गरिएको युवा संजालले बताएको छ ।

रक्तदान कार्यक्रममा समाजसेवी, पत्रकार, विद्यार्थी लगायत विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो ।

सल्यानी युवा संजाल दाङ सम्पर्क समितिका अध्यक्ष राजन डागीको अध्यक्षता, कोषाध्यक्ष एक्सन आर.सीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा संजाल सम्पर्क समितिका अध्यक्ष राजन डागी, एक्सन आर.सी, दिपेश ढकाल, नविन अभिलासी, लिलाधर वली, राजीव चौधरी, झुपलाल बुढाथोकी,सिर्जना भण्डारी, शिशिर बस्नेत, अनिता घर्ती, देबिकला केसी, सबिता केसी, खिमा जिसी, भावना केसी, राजसिंह जोरा, अजय डागी, ज्ञानेन्द्र कुवर, पुरुषोत्तम अधिकारी, सागर डागी, नवीन श्रेष्ठ, सुनिल श्रेष्ठ, बिनोद केसीलगाएतले गरेका थिए ।

त्यस्तै सोही अवसरमा ,निर्मल श्रेष्ठ , सागर सन्देश वली, पुर्णिमा राणा, दिपक भण्डारी,तुल्सीराम डागी, राजकुमार शोनी,कल्पना केसीलगाएतले रक्तदान गरेका थिए । कार्यक्रमको सयोजन संजालका बरिष्ठ उपाध्यक्ष दिपेश ढकालले गरेका थिए । दाङ जिल्ला फुटवल संघका महासचिव नरेन्द्र पुन,नेपाल पत्रकार महासंघका कोषाध्यक्ष आरके सितललगाएत उपस्थीत रहेका थिए । कार्यक्रमको सहजीकरण दिपक भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्