Logo

प्रफी यातायात प्रालिको गाडी बाट खस्दा सल्यानमा एक यात्रु घाइते



Spread the love

salyan district

काठमाडौँबाट रुकुम तर्फ जाँदै गरेको यात्रुबाहक गाडी बाट खस्दा आज सल्यान श्रीनगरमा एक जना यात्रु घाइते भएका छन् ।

बिहान करिब ६ बजे तिर रुकुम तर्फ जाँदै गरेको प्रफी यातायात प्रा.लीको ना ५ ख ९४९३ को गाडीको ढोकाबाट खस्दा भरतपुर महानगरपालिका ४ कमलपोखरी चितवन निवासी अन्दाजी ३५ वार्षिया केशर बहादुर गौली घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

घाइते गौलिको कान्तिपुर सामुदायिक हस्पिटल श्रीनगरमा उपचार पछि थप उपचारका लागि चितवान रिफर गरिएको अस्पताल श्रोतले बताएको छ । घटना पछि बेहोस अवस्थामा रहेका गौलिको बाहिरी चोट नभए पनि टाउकोमा बल्ड जमेको सम्भावना रहेको कान्तिपुर सामुदायिक हस्पिटलका संचालक राम कृष्ण रेग्मीले जानकारी दिए  ।

युएन डिपि सल्यानमा कार्यरत गौली गाडी बाट झर्ने क्रममा गाडी चालकको लापरबाहीका कारण उक्त घटना भएको हुन सक्ने प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्