Logo

बलराम तिमल्सिनाको गजल



Spread the love

balaram timalsina biplab

पसलमा दूध दिई कोकाकोला लिन्छौं हामी !

चौतारीमा राष्ट्रवादी गफ खरा दिन्छौं हामी !

 

ढिंगो गुन्द्रुक घोप्ट्याएर बर्गरमा रमाउँछौं !

गफ गर्न स्वदेशको सवैलाई उछिन्छौ हामी !

 

मेरो देश प्यारो भनी गीत मिठो गाए पनि

पिआरले पत्याएसी कहाँ उछिटिन्छौ हामी

 

भर पर्न विदेशीको केही वाँकि छैन अव

घर कुर्ने कुकुर पनि विदेशी नै किन्छौं हामी

प्रतिक्रिया दिनुहोस्