Logo

नेकपाको ईन्जिनियर संगठनमा सल्यानका एक सचिवालय साथै एक केन्द्रिय सदस्य



Spread the love

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे जनसंगठनहरूकाे एकता प्रक्रिया तिव्र रुपमा अगाडि बढ्न थालेकाे छ ।  पुर्व ने.क.पा.(माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय ईन्जिनियर सगठन  र पुर्व एमाले निकट नेपाल  ईन्जिनियरिङ पेशाकर्मी संघ काे एकता सम्पन्न भएकाे छ । एकतापछि संगठनकाे नयाँ नाम  प्राेग्रेशिफ  ईन्जिनियरिङ  एसोसिएसन नेपाल (पिन)  राखिएकाे छ । नेकपाकाे एकतापछि जनसंगठनहरूकाे एकता गर्ने  याे पहिलाे जनसंगठन भएकाे छ  । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र  अध्यक्ष तथा प्रधानमन्त्री  के पि शर्मा ओलिको प्रमुख अातिथ्यतामा अाज एकता घोषणा कार्यक्रम  काठमाण्डाैंमा सप्पन्न भएकाे छ । एकतापछि ९५ सदस्यीय केन्द्रीय समिती र २१ सदस्यीय सचिवालय गठन भएको छ । अध्यक्षमा एमाले निकट ईन्जिनियर संगठनका  शम्भु बहादुर श्रेष्ठ र महासचीवमा  पुर्व माअाेवादी निकट नियोनबाट डा. हरि पराजुलि चयन भएका छन् ।

एकतापछिकाे नयाँ समितिमा सल्यानी युवा ईन्जिनियरहरु विजय कुमार बिष्ट सचिवालयमा र रेवन्त कुमार रावत केन्द्रीय सदस्यमा चयन भएका छन् । बिष्ट र रावत दुवै पुर्व माअाेवादी निकट ईन्जिनियर हुन !  अब पिन एसोसिएसन ४२०० भन्दा धेरै ईन्जिनियरहरु सदस्य भएको सगठन भएको छ । यसैगरी अन्य जनवर्गीय संगठनहरूकाे एकताकाे पनि तिव्र तयारी भईरहेकाे नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्