Logo

वीरगञ्जमा कर वृद्धिको विरोध



Spread the love

वीरगञ्ज महानगरपालिकाले एक हजार प्रतिशतसम्म कर वृद्धि गरेको भन्दै वीरगञ्जका उधोगी व्यवसायी सडकमा उत्रेका छन ।

बिरगञ्ज उधोग वाणिज्य संघको आहृवानमा उधोगी व्यवसायीहरुले विरोध र्‍यालीमा उत्रेका हुन् । संघले करको दर पुनरावलोकनका लागि महानगरपालिकालाई ७ दिने अल्टिमेटम समेत दिएको छ । घण्टाघरबाट निकालिएको र्‍याली माइस्थान, आदर्शनगर हुँदै वीरगञ्ज महानगरपालिकामा पुगेको थियो । उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले नगर प्रमुख विजयकुमार सरावगीलाई ७ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका छन् । ज्ञापन पत्रमा आर्थिक वर्ष २०७५/०७६ का लागि कायम गरेको कर, शुल्क, दस्तुर असुलीको निर्णय पुनरावलोकन माग गरिएको छ । तर नगरप्रमुख सरावगी ‘नगरबासीलाई मर्का पर्ने गरी कर निर्धारण गरेकै छैन । कुनै समस्या भए समाधान निकाल्न सकिन्छ ।’त्यस्तै मेयर विजय सरावगीले भने उद्योगी व्यवसायीहरुको प्रतिनिधि राजश्व परामर्श समितिमा बसेर कर निर्धारण गर्दा पनि विरोध गर्नु उचित नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्