Logo

सल्यानमा एक महिनामा ७ सय ९८ सवारी साधन कारबाहीमा



Spread the love

salyan district

सल्यानमा चालु आर्थिक वर्ष २०७३/७४को असोज महिनामा मात्र ७ सय ९८ सवारी साधन ट्राफिक कारबाहीमा परेका छन् ।

नियम विपरीत सञ्चालन गरिएका ७ सय ९८ सवारी साधन कारबाही बाट ४ लाख ६५ हजार ५स य राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय सल्यानले जनाएको छ ।
झन्डै एक महिनाको अवधिमा त्यति धेरै सवारि साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रहरी नायब निरीक्षक भिम बहादुर खत्रीले बताए।

खत्रीका अनुसार असोज महिनामा मात्रै ५८ वटा बस,  ८०वटा ट्रक,  २ सय ७ वटा जिप तथा कार, १ सय ७५ टयाक्टर, र २ सय ७८ मोटरसाइकल कारबाहीमा परेका हुन ।गाडीको क्षमता भन्दा बढी यात्रु र सामान बोक्ने, मापसे चेक , सवारी चालक, अनुमति पत्र, विल बुक, रुटपरमिट नबोक्ने तथा टाइम कार्डमा उल्लेख गरिएको समय भन्दा अघि आउने सवारी साधनलाई कारबाही गरिएको प्रहरी नायब निरीक्षक खत्रीको भनाई रहेको छ ।

खत्रीका अनुसार यात्रुवहाक सवारीले थारमारेदेखि श्रीनगरसम्म डेढ घण्टा, श्रीनगरदेखि कपुरकोट सम्म डेढ घण्टा र कपुरकोटदेखि दाङ्गको तुलसिपुर सम्म एक घण्टाको सयम कार्ड निर्धारण गरिएको छ । उक्त समय ख्याल नगरी मनपरी गाडी कुदाउने र टाइम कार्डमा उल्लेखित समय भन्दा अगाडी पुग्ने सवारी साधनमाथि ट्राफिक प्रहरीले कारबाही गर्दै आएको सल्लेरी खबरलाई जानकारी दिए ।

तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको खतरा बढेकोले टाइम कार्डको व्यवस्था गरिएको खत्रीले बताए  । यस्तै असोज महिनामा २ सवारीसाधन दुर्घटना हुनुका साथै प्रहरीले मापसे गरेर मोटरसाइकल, कार चलाउने ३ जना चालक बाट ३ हजार, सिट क्षमता भन्दा बढी यात्रु बोक्ने ३ वटा बस बाट ४ हजार ५ सय, प्रयोजन विपरीतका ३० वटा जिप, कारबाट १५ हजार, चालक अनुमतीपत्र नबोक्ने ३जना, यात्रु बोक्ने, हेलमेट नलगाई मोटरसाइकल चलाउने ४० जना चालक बाट ४५ हजार राजस्व संकलन गर्नुका साथै, ओभर लोड भब्बर लोड बोक्ने २५ वटा ट्रक, टयाक्टर लाई विशेष कारबाही गरिएको खत्रीले  सल्लेरी खबरलाई जानकारी दिए ।

यसैबिच दसै तिहारलाई मध्यनजर गरी सल्यानमा सल्यान रुकुम यातायात व्यवसायी समिति, जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय श्रीनगर र नमस्ते श्रीनगर क्लबको आयोजनामा स्थापना गरिएको नागरिक सहायता कक्ष बाट ८ सय २२ यात्रु र गाडी चालक, सहचालक लाई दुर्घटना न्युनिकरण सम्बन्धी परार्मश दिएको खत्रीले बताए।

प्रतिक्रिया दिनुहोस्