Logo

निःशुल्क स्वास्थ्य शिविर बाटा स्थानीयबासि हर्षित



Spread the love

सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीमा आइतबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २२१ जनाले स्वास्थ्य जाँच गराएका छन् ।

कारीतास नेपालको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले गरेको शिविरमा मैनाकडेरी, लोहजारा, डिमनलगायतका स्थानीय २२१ जनाले निःशुल्क स्वास्थ्य जाँच गराएका हुन् ।

शिविर जाँच गराएका विभिन्न रोगबाट प्रभावित स्थानीयलाई निःशुल्क औषधि वितरण गर्नुका साथै थप उपचारको लागि अस्पतालमा सिफारिससमेत गरिएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका दिनेश चौधरीले जानकारी दिए ।

शिविरको पूर्वसांसद डा सुबोध पोखरेल र श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष सुखीलाल चौधरी संयुक्तरुपमा शुभारम्भ गरेका थिए ।

शिविरमा धरमपुरस्थित धर्मेश्वर अस्पतालका स्त्री तथा बालरोग विशेषज्ञ तथा जेनरल फिजिसिजनलगायतका विशेषज्ञ डाक्टरले स्वास्थ्य जाँच गरेका थिए । यस्तै मैनाकडेरीमै विपद् व्यवस्थापनसम्बन्धी सहभागीतामूलक संकटा बिमुखता विश्लेषण तीन दिने तालीम पनि सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्