Logo

बाख्रापालनबाट करोड आम्दानी



Spread the love

बाग्लुङको एक गाउँका कृषकहरुले बाख्रापालनबाट बर्सेनि एक करोड बढी रुपियाँ गाउँमा भित्र्याउन सफल भएका छन् ।

 

 

बाग्लुङको काठेखोला गाउँपालिका–४ तङ्ग्राम फापरखेतका किसानहरुले व्यावसायिक बाख्रापालनबाट बर्सेनि एक करोड रुपियाँभन्दा बढी  आम्दानि  गर्न  सफल भएका हुन् । लामो समय बिदेश बसेका युबा ले आफ्नै गाउ मा आएर व्यावसायिक रुपमा बाख्रापालन गरि प्रशस्त आम्दानि गर्न सफल भएका छन् स्वदेश मा केहि गर्न सकिन्न भन्ने हरु लाइ गतिलो उदाहरण बाग्लुङ युबा ले दिएका छन् ।
केही वर्षअगाडि गाउँलाई पशुपालनका क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्यले हेफर इन्टरनेसनलको सहयोगमा भीमापोखरा युवा क्लबमार्फत पशु प्राविधिकसहितको सेवा उपलब्ध भएपछि किसान व्यावसायिक रूपमा बाख्रापालनमा आकर्षित भएका थिए । गाउँका किसानले उन्नत जातका बाख्रासँगै पशु प्राविधिकको निगरानीसमेत पाएपछि व्यावसायिक बन्न सरल भएको पुनले बताए ।
अहिले ४० वटा बाख्रा पाल्नुभएका घर्तीको दैनिकी बिहानदेखि साँझसम्म बाख्राको हेरचाहमा बित्ने गरेको छ । रोजगारीका लागि बहराइनमा लामो समय बसेर फर्कनुभएका मेखबहादुर पुन, स्थानीय चन्द्रबहादुर पुनको परिवार पनि बाख्रापालनबाटै बर्सेनि मनग्ये आम्दानी गर्न सफल भएको बताउँछन् ।
किसानलाई सहकारी तथा आयआर्जनका क्षेत्रका काम गरिरहेका सहकारी क्षमता विकास सहजकर्ता रिता शर्माले केही वर्ष पहिलेसम्म घरमा १÷२ वटा बाख्रापालन गर्दै आइरहेका किसान व्यावसायिक रूपमा ३९÷४० वटा बाख्रापालन गर्दै आइरहेको बताउनुभयो । पहाडी भू–भाग, पर्याप्त मात्रामा चरन क्षेत्र र डालेघाँस पाइने त्यस क्षेत्रमा बर्सेनि एक करोड रुपियाँभन्दा बढी रकम एउटै गाउँमा आउने भएपछि अन्य किसान पनि व्यावसायिक बाख्रापालनमा लाग्न थालेको उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्