Logo

आयुर्वेद औषधालय निर्माण गर्न सल्यानमा धार्मिक महोत्सव



Spread the love

 

FB_IMG_1476962856275

सल्यानको दमाचौर काल्चेमा हिजो बाट औषधालय निर्माण गर्न धार्मिक महोत्सव सुरु भएको छ ।

बालबालिका, युवा पिढि लाई वैदिक सनातन धर्मको मुलधारमा ल्याउन संस्कृतिको उत्थान, समाजको आर्थिक तथा भौतिक उन्नतिमा योगदान गर्न र राष्ट्रिय शान्तिको कामना गर्दै आत्मेश्वर शिबमन्दिर दमाचौर ४ काल्चेको परिषरमा आयुर्वेद औषधालय स्थापना गर्न र आत्मेश्वर शिबमन्दिर दमाचौर काल्चे परिषरको उन्न्तिका लागी धार्मिक महोत्सव सुरु गरिएको हो ।

आत्मेश्वर शिव मन्दिरका अध्यक्ष शिव कुमार शर्माको सभाध्यक्षतामा भएको धार्मिक महोत्सवको उदघाटन प्रमुख जिल्ला अधिकारी दुर्गा दत्त पौडेलले गरेका थिए  ।

हिजो बाट सुरु भएको महोत्सवमा पण्डित उपेन्द्र शरण “उदयराज उपाध्यायले भजन, कृर्तन कथा प्रवचन गरीरहेका छन्  भने उद्घाटन कार्यक्रमको संचालन आत्मेश्वर शिव मन्दिरका सचिव डिल्ली प्रसाद जैसिले गरेका छन् ।

धार्मिक महोत्सव २०७३ को आज दोस्रो दिन आयुर्वेद औषधालय निर्माण गर्नको लागि दान दाताहरुको तर्फ बाट ६१ हजार रकम संकलन भएको आत्मेश्व्र शिव मन्दिरका कोषाध्यक्ष ईस्वरी प्रसाद शर्माले सल्लेरी खबरलाई बताए । राष्ट्रिय स्तरका कलारहरुको विभिन्न खाले प्रस्तुति समेत रहेको धार्मिक महोत्सव कार्तिक १० गते सम्म संचालन हुने मन्दिरका सचिव डिल्ली प्रसाद जैशिले जानकारी दिए  ।

प्रतिक्रिया दिनुहोस्