Logo

राष्ट्रपति र छोरीहरुका जुत्ता बोक्दै नेपाली सेना



Spread the love

rastrapati-shoe

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार सप्तरीको सखडास्थित प्रसिद्ध छिन्नमस्ता भगवती शक्तिपीठमा पूजाआजा गरेकी छन् । हेलिकोप्टरमा परिवारका सदस्यसहित भण्डारी छिन्नमस्ता पुगेकी हुन् ।

हेलिकोप्टरबाट ओर्लेपछि करिब दुई सय मिटर पैदल हिँडेर राष्ट्रपति भण्डारी र उनका दुई छोरी उषाकिरण र निशाकुसुम मन्दिर परिसरमा पुगे । जहाँ सेना, सशस्त्र, नेपाल प्रहरी, तालिमप्राप्त कुकुर र राष्ट्रपति कार्यालयको विशेष सुरक्षा टिम परिचालित थियो ।

सेनाका चार जवान भने राष्ट्रपति र उनका छोरीहरुका जुत्ता–चप्पल बोक्न ब्यस्त थिए । उपल्ला सैनिक अधिकारी र राष्ट्रपति कार्यालयका कर्मचारीका जुत्ता–चप्पल बोक्ने काम पनि सेनाका जवानले गरेका थिए ।

मन्दिरको प्रवेशद्वार छेउमा राखिएका जुत्ता–चप्पल सेनाका जवानले त्यहाँबाट बोकेरमन्दिरको निकासद्वारसम्म पुर्याए । जुत्ता–चप्पल बोक्ने कामका खटाइएका सैनिकको तस्वीर खिचिरहेका सञ्चारकर्मीलाई सेनाका उच्च अधिकारीले निकासद्वाराबाट हटएका थिए ।
अाजको नयाँ पत्रिकामा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्