Logo

तीज गीत “सारी झरे झर्ला” बजार सार्वजनिक (भिडियो)



Spread the love

नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा तीज सम्बन्धी विभिन्न गीतहरु सार्वजनिक हुने क्रम गर्माएको छ । विगतका वर्षहरुमा झै यो वर्ष पनि विभिन्न लय तथा शब्दका तीज गीतहरु धमाधम बजारमा ल्याउन गायक गायिकाहरु यतिबेला अति नै व्यस्त हुन थालेका छन् ।उसो त तिज आउन केहि समय बाँकी छ । तर यतिबेला युटुवमा तीजका गितहरु आउनेक्रम ह्वात्तै बढ्दै छन् । हिन्दु महिलाहरुको महान चाँड तिजको आफ्नै मौलिक्ता छ ।तीजका लागी बिभिन्न गीतहरु आउने क्रम संगै भर्खरै अति मनमोहक सुन्दा नाचौं नाचौं लाग्ने गायक रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला” सार्वजनिक भएको  छ ।यस गीतमा यज्ञराज बुढाथोकी र चन्द्रा चलाउनेको स्वर रहेको छ । गीतमा शब्द रुपेश बाग्चनको रहेको छ भने लय यज्ञराज बुडाथोकीले गरेका छन। रुपेश बागचन् र प्रियंका नेपालीको अभिनय रहेको यस गीतलाई  (ekindra Sara Shankar)ले निर्देशन गरेका हुन् । नेप्को इन्टरटेनमेन्ट प्रालिबाट सार्वजनिक भएको यो म्युजिक भिडियोले स्रोता तथा दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/29-o_XxP6OU

प्रतिक्रिया दिनुहोस्