Logo

शुल्क वृद्धिको विरोधमा कोटेश्वर क्याम्पसमा तालाबन्दी



Spread the love

काठमाडौं, कोटेश्वर स्थित कोटेश्वर बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । क्याम्पस प्रशासनले गरेको अनावश्यक शुल्क वृद्धिको विरोधमामा क्याम्पसमा तालाबन्दी गरिएको हो ।शुल्क वृद्धि तत्काल फिर्ता हुनुपर्ने माग राख्दै स्वतन्त्र विद्यार्थी युनियन र संयुक्त विद्यार्थी संगठनहरुले ज्ञापन पत्र बुझाएका थिए । तर, गुणस्तरीय शिक्षामा जोड दिनुको साटो शुल्क वृद्धि मात्रै गरिएकाले विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन । यसअघि पनि पटक पटक आफ्ना माग राख्दै ज्ञापन पत्र बुझाए पनि प्रशासनले वेवास्ता गर्दै आएको र हिजो १५ गते मंगलबार २४ घण्टे अल्टिमेटम दिदा पनि क्याम्पस प्रशासनले कुनै प्रतिक्रिया नदिएपछि तालाबन्दी गर्न बाध्य भएको स्ववियु सभापति माधव अधिकरीले बताए । उनले भने, ‘क्याम्पसमा आधारभूत सेवा सुबिधा पनि उपलब्ध नगराउने तर विभिन्न अनावश्यक शिर्षकहरुमा शुल्क असुल्ने काम भैरहेको छ ।’

साथै, क्याम्पसको नयाँ भवन निर्माणका नाममा प्रत्येक वर्ष हरेक नयाँ विद्यार्थीबाट शुल्क उठाउने गरेको पनि उनले बताए । स्ववियु चुनाव फन्डको माग गर्दा हिसाबकिताब गर्न बाकी छ भन्दै टार्ने काम भएको स्ववियु कोषाध्यक्ष सुस्मिता कार्कीले बताइन् । कोषमा कति मौज्दात र कति खर्च हुन्छ । कसैलाई जानकारी नै छैन। उनले भनिन, ‘ क्याम्पस प्रशासनसँग यश बारेमा धेरै पटक माग राखिसक्यौ। तर सुनुवाइ हुने कुनै संकेत नदेखिएपछी आन्दोलनको विकल्प रहेन। ‘


स्ववियु र संयुक्त विद्यार्थी संगठनको अगुवाइमा भैरहेको आन्दोलन, माग पूरा नहुँदासम्म चरणवबद्द रुपमा जारी रहने स्ववियु सचीव विक्रम पोख्रेलले बताए।
यस आन्दोलनमा क्याम्पसमा रहेका विद्यार्थी संगठनहरुको पनि एक्यवद्धता रहेको अखिल क्रान्तिकारीका अध्यक्ष नवराज कार्की र नेविसंघका सभापति प्रदिप पौडेलले बताए । विद्यार्थीका समस्यालाई मध्यनजर नगरी एकतर्फी रुपमा शुल्क वृद्धि गरिएको र यी विषयमा आफुहरु क्याम्पस प्रशासनसंग वार्ता गर्न तयार रहेको पनि उनीहरुले जानकारी दिए ।

प्रशासनले फजुल खर्च नियन्त्रणमा ध्यान दिनुको साटो विद्यार्थी र अभिभावकलाई मर्का पर्ने गरी निर्णय गर्ने गरेको उनीहरुले बताए ।

शुल्क वृद्धि र अन्य निर्णयहरु गर्दा मनोमानी तवरले गर्ने गरिएको, बैठकमा विद्यार्थी प्रतिनिधिहरुलाई समेत सहभागी नगराउने र सहभागी गराएपनि मागलाई वास्ता नगरिएको ।
यसैगरी क्याम्पसले आन्तरिक परिक्षा नदिए बापत प्रती विषय पाँच सयका दरले जरिवना लिने तर पुनः परीक्षा नलिने गरेको सभापति अधिकारिले बताए ।

क्याम्पसमा हाल करिब तीन हजार बढी विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रशासनले जानकारी दिएको छ ।
यो सबै विद्यार्थीको साझा समस्या भएको र यसमा सबै सजग रहनुपर्ने विद्यार्थी नेताहरूले बताए । तर तालाबन्दि अन्तिम विकल्प भएकाले विद्यार्थीहरुमा पर्न गएको असुविधा प्रति आफुहरु चिन्तित रहेको पनि उनीहरुले बताए ।
यसबारेमा छलफल भोलि, १७ गते बिहान क्याम्पसमा हुने जानकारी पनि स्ववियु सचिब पोखरेलले दिए । क्याम्पस प्रशासनले भने आफ्नो आधिकारिक धारणा अहिलेसम्म सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्