Logo

कक्षा १२ को नतिजा सार्बजानिक



Spread the love

राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले कक्षा १२ को नियमित तथा आंशिक दुवै तर्फको परीक्षाफल सार्बजानिक गरेको छ ।

 

परीक्षा बोर्डले गत वैशाखमा पहिलोपटक ग्रेडिङ प्रणालीअन्तर्गत सञ्चालन गरेको परीक्षाको परीक्षाफल बिहीबार बिहान सार्बजानिक गरेको हो ।
दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकोमा एक हजार १६९ ले ३.६१ देखि ४ जीपीए ल्याएका छन् । परीक्षा बोर्डका अनुसार, ११ हजार २२१ ले ३.२१ देखि ३.६०, २७ हजार ६४३ ले २.८१ देखि ३.२० ल्याएका छन् । त्यसैगरी, २.४१ देखि २.८० ल्याउनेकाे संख्या ५८ हजार ३४५ छ । ९० हजार २९९ ले २.१ देखि २.४०, ६६ हजार ४३८ ले १.६१ देखि २ अंक हासिल गरेका छन् । २२ हजार ७३४ ले १.२१ देखि १.६० ल्याएका छन् भने ०.८१ देखि १.२० ल्याउने चार हजार ४८७ छन् । ०.०० देखि ०.८० ल्याउने १९९ जना छन् ।
यता आंशिकतर्फ एक लाख १७ हजार ४१४ परीक्षार्थी सहभागी रहेकामा ४१ हजार ३२५ अर्थात् ३५.२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जानकारी दिएकाे छ ।

नतिजा थाहा पाउनको लाई www.neb.gov.np  र www,neb.ntc.net.np बाट  हेर्न सकिन्छ ।

तेस्तै मोबाइल बाट HSEB ट़ाइप गरि १६०० तेस्तै ३१००३ मा एस एम एस गर्न पनि सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्