Logo

पुजा र आकाशको ‘रामकहानी’ ट्रेलर रिलिज,हेर्नुस् सस्पेन्सले भरपुर ट्रेलर (भिडियो)



Spread the love

चलचित्र ‘रामकहानी’को ट्रेलर सार्वजनिक भएको छ । ‘तिम्रो लागि म छु…’ बोलको गीत रिलिज भएसँगै चर्चामा रहेको यो फिल्मको बिहीवार अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यो फिल्ममा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा प्रमुख भूमिकामा छन् । ट्रेलर रोमान्टिक प्रेम कथाले भरिएको छ । चलचित्रको ट्रेलरमा लभ स्टोरीको साथमा भरपुर हरर मिसाइएको छ । जुन दर्शकको लागी सरप्राइज हुन सक्छ । ट्रेलरमा चलचित्रकी अभिनेत्री पूजा शर्मा भूतको भूमिका छिन् । प्रेम, मिलन, विछोड, रोदन, कमेडी, थ्रिल सबै खुराक ट्रेलरमा छ ।  ’ ट्रेलरमा चलचित्रमा मुख्य कलाकारहरू केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेलको कमेडी भरपुर रहेको छ । त्यस्तै अभिनेता आकाश श्रेष्ठ भने रोमान्टिक भूमिकामा देखिएका छन् ।

चलचित्रको यस अघि अर्जुन पोखरेलको सङ्गीतमा रहेको ‘तिम्रो लागी म छु’ बोलको गीत सार्वजनिक भइसकेको छ । जुन गीत युट्युबमा हिट भइसकेको छ । चलचित्र रामकहानीलाई सौरभ लामाले खिचेका हुन् । चलचित्रलाई सुदर्शनसँगै पूजा शर्माले मिलेर निर्माण गरेका हुन् ।फिल्म ‘रामकहानी’ भाद्र २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।

हेर्नुहोस् ट्रेलर:

https://youtu.be/XtDN0iEhHb0

 

प्रतिक्रिया दिनुहोस्