Logo

सल्यानमा एक महिनादेखि बाबुछोरा वेपत्ता



Spread the love

salyan district

सल्यानमा एकैघरका बाबुछोरा विगत एक महिनादेखि वेपत्ता भएका छन् ।

त्रिवेणी ६ सिम्कका ४८ वर्षीय बाबु हेमलाल बुढाथोकी र वर्ष १८ का छोरा लिलधर बुढाथोकी एक महिनादेखि वेपत्ता भएका हुन् । असोज १५ गते अर्थात फुलपातीका दिन छायाँक्षेत्र गाविसको जिताथानमा रहेको मामाघर जान्छु भनेर हिडेका छोरा वेपत्ता भएका हुन ।
दसैँ मनाउन भनी मामाघर हिडेको छोरा बाटो बाटै वेपत्ता भएको आमा भगवति बुढाथोकीले बताइन् । दशैको मुखमा मामाघर दसैँ मनाउन जान्छु भनेर हिडेको छोरा बाटो बाटै वेपत्ता भयो । तर न उनी मामाघर पुगे नत आफ्नो घरमा नै आए पीडित बुढाथोकी भन्छिन ।

छोरा हराएको थाहा पाएपछि भारतको सिमलामा मजदुरी गर्दै आइरहेका बाबु , छोरा खोज्न नेपाल फर्किए तर उनीपनि बाटोबाटै वेपत्ता भएका छन् । असोज २० गते सिमलाबाट हिडिसकेको सिमलामा साथै बस्ने साथीहरूले फोन गरेर भनेको उनकी श्रीमती बुढाथोकीले बताइन् । छरछिमेक चाडपर्वमा रमाइरहेको समयमा आफू भने छोरा र श्रीमानको खोजीमा भौतारि रहेको बताइन् । बाबुछोरा नै वेपत्ता भएपछि कसको मुख हेरेर बाच्नु जस्तो भइरहेको उनी भन्छिन । बुढाथोकीले बेपत्ता भएका आफ्नो छोरा र श्रीमान खोजी दिन सबैमा आग्रह गरेकी छिन ।

प्रतिक्रिया दिनुहोस्