Logo

पानी घट्टबाट मनग्य आम्दानी



Spread the love

14732284_1816742071903276_6309861771222611339_n

सल्यान मुलखोला ८ नाथेखोलाका ६३ वर्षका मोतिराम दमाईले पानी घट्टबाट मनग्य आम्दानी गर्दै आईरहेका छन् ।
रोजगारीका लागि युवाहरू गाउँबाट सहर र सहरबाट विदेशतिर पलायन भइरहेको समयमा ६३ वर्षीय वृद्धले पानी घट्टबाट राम्रो आम्दानी गर्दै आईरहेका हुन् ।

रोजगारीका लागि विदेश जानुभन्दा आफ्नै जन्मथलोमा कुटोकोदोलो र घट्ट चलाएर बस्नु निकै राम्रो रहेको मोतिरामले बताए । सुरु सुरुमा दलितको घट्टमा पिस्न जानु हुँदैन भनेर गैरदलितहरु आउदैनथे । तर चेतनाको विकासले हो या मैले पिसेको पिठो राम्रो भएकाले हो आजभोली सबै आफ्नो घट्टमा आउने गर्छन् मोतिरामले भने ।

एक छाक जुटाउन सजिलो होस भनेर घट्ट किने तर दलितको घट्टमा पनि कोही जान्छ भनेर गैरदलित कोही आएनन् दलितहरुमात्र आउथे , घट्ट किनेर बवार्द गरियो भन्ने लागेको थियो तर बिस्तारै अन्य गाउँलेहरूले पनि आउने थाले र अहिले अन्य घट्टभन्दा मेरो घट्टमा पिस्न आउने धेरै छन् मोतिरामले भने ।
हिउँदमा समेत खोलामा प्रयाप्त पानी बग्ने भएकाले आफूलाई घट्ट सञ्चालन गर्न खासै समस्या नपर्ने, विगत १५ वर्षदेखि घट्ट सञ्चालन गर्दै आएका मोतिरामले मासिक १५ देखि २० हजारसम्म आम्दानी गर्दै आएका छन् ।
दैनिक ४ देखि ६ मुरीसम्म अन्न पिस्ने र प्रति पाथि एक मानाका दरले ज्याला लिने गरेको उनले बताए ।  उनले भने “दिनमा ५,६ मुरी अन्न पिस्छु जसबाट दैनिक ७÷८ माथि अन्न आउँछ त्यो भनेको मासिक १५ देखि २० हजारसम्म आम्दानी गर्नु हो ।”  उनी  घट्टका सहाएताले आफ्नो ५ जनाको परिवारलाई पाल्दै आएका छन् । आफ्नो घट्ट वरपर अन्य १० वटा घट्ट भए पनि आफूलाई कुनै समस्या नभएको उनले वताए । आफ्नो घट्टमा राउचे, बेलखोला, बाग्चौर, खरेखोला, च्यूरा, गर्चे सम्मका गाउँले पिसाउन आउने गरेको मोतिरामले बताए ।

 

प्रतिक्रिया दिनुहोस्