Logo

मोहित जोशीको गजल !!!



Spread the love

 

 

उ धनी म गरिब, समाजले हामी बिच दिवार माग्छ !
मेरो प्रेम हारेछ, जिन्दगी बेइन्तहा प्यार माग्छ !!

चोट दिने पनि उही, मलम लाउने पनि उही
स्वाभिमान हारेछ, घाउ दिनेसँगै मन स्याहार माग्छ !!

आमा बृद्दाश्रममा, वरदान माग्दै मन्दिर धाउँछ छोरो
आमाको ममता हारेछ, छोरो, ढुङ्गामा विष्णुको अवतार माग्छ !!

सस्तो लोकप्रियताको होडबाजी, मिडिया गलत समाचार छाप्छ
मानवता हारेछ, धन कमाउन मिडिया नै बलात्कार माग्छ !!

सुन्छु देश बनेन, अझै यी बुढा नेताहरूले गर्दा
राष्ट्रियता हारेछ, युवाको पर्स खाडी कतार माग्छ !!

लुटपाट डकैती अत्याचार, चोरहरूकै राज छ
कानुन हारेछ, मेरो देश मेरो हातमा तरबार माग्छ !!!

प्रतिक्रिया दिनुहोस्