Logo

मुखर्जी आज आउँदै, आज दिनभर यी रुट प्रभावित हुनेछन्



Spread the love

pranabmukherjee

भारतीय राष्ट्रपति मुखर्जी तीन दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौं आउँदैछन् । मुखर्जी नेपाल आउने दिन आज दिनभर राजधानीका सडक प्रभावित हुने भएको छ  ।

मुखर्जीलाइ एयरपोर्टमा नेपालकी राष्ट्रपति विद्यादेवि भण्डारीले स्वागत गर्ने कार्यक्रम रहेको छ भने आजै राष्ट्रपति निवास शितलनिवासमा भण्डारी र मुखर्जीको भेट हुने तय छ ।

प्रभावित हुने रूटहरु

११–१ बजेसम्म :

गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायण गोपालचोक, थापाथली, पुरानो बानेश्वर, शंखमुल, पुतलीसडक क्षेत्रमा सवारीक्षेत्रमा सवारी प्रभाति हुनेछ ।

१–३ बजेसम्म :

केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायण गोपालचोक, सोह्रखुट्टे, जयनेपाल क्षेत्रमा गाडी चलाउन पाइने छैन ।

१.४५–४ बजेसम्म :

गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घण्टाघर, पुरानो बसपार्क, मित्रपार्क, चावहिल, बौद्ध, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल, पुतलीसडक क्षेत्रको सडक प्रभावित हुने छ ।

६.३०– ८ बजेसम्म :

गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, मित्रपार्क, चावहील, बौद्ध, थापाथली, कुपण्डोल, त्रिपुरेश्वर, टेकु, भोटोबहाल, कालिमाटी, सोल्टीमोड, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल क्षेत्रमा सवारी आवगमन प्रभावित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्