Logo

सुर्खेतमा स्थानीय बासिन्दा द्वारा प्रहरी चौकीबाट हतियार लुटपाट



Spread the love

प्रहरी-लोगो

सुर्खेतको आग्रीगाउँस्थित देउलीमा स्थानीय बासिन्दाले प्रहरी चौकी लुटपाट गरेका छन् ।  करिब ३० जनाको संख्यामा रहेका स्थानीयले बञ्चरो, हँसिया लगायतका घरेलु हतियारले चौकीमा आक्रमण गरी हतियार समेत कव्जा गरेका छन् ।

घरेलु हतियारसहित प्रहरी चौकीमा तोडफोड गरेका उनीहरुले तीन वटा राइलफल, एक पेस्तोल र एक सय ५० राउन्ड भन्दा धेरै गोली लुटेका छन् । प्रहरीले चौकी आक्रमण र हतियार लुटपाटमा संलग्न सात जनालाई नियन्त्रमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतकाअनुसार मदिरा सेवन गरेका स्थानीय युवा र प्रहरीबीच विवाद भएको थियो । उक्त विवादले उग्र रूप लिएपछि स्थानीयले घरेलु हतियारसहित राती चौकीमै आक्रमण गरेर हतियार कब्जामा लिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्