Logo

अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा नेपालको पनि सहभागिता रहने



Spread the love

नेपाली युवा विद्यार्थी आपूमले बनाएका रोबोटलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गर्न जुटेका छन् ।

आगामी भदौ ९ गते भियतनामको निङविङमा आयोजना हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा आफूले निर्माण गरेका रोबोटको प्रदर्शनीमा इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका विद्यार्थी जुटेका हुन् । प्रतियोगितमा एसिया¬–प्रशान्त क्षेत्रका चीन, जापान, इजिप्ट, रुसलगायत विभिन्न २० मुलुकको सहभागितामा रहनेछ ।

प्रतियोगितामा भाग लिन इञ्जिनियरिङ अध्ययन संस्थाको रोबोटिक्स क्लबबाट नेपालको प्रतिनिधित्व गर्दै १६ विद्यार्थी भियतनाम प्रस्थान गर्ने भएका छन् ।

प्रतियागिताको पूर्वावलोकनका रुपमा शुक्रबार पुल्चोक क्याम्पसमा नेपाली युवा विद्यार्थीले निर्माण गरेका रोबोटको प्रदर्शनी गरेका थिए ।

एउटा स्वचालित र अर्को मानवले सञ्चालन गर्ने रोबोट प्रतियोगितामा नेपालले भाग लिने जसमा रोबोटले सहकार्य गरी कपडाका गोलालाई पोलमा रहेको गोलो घेराभित्र छिराउनु पर्नेछ ।

प्रदर्शनीको अवलोकनपछि इञ्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा डा त्रिरत्न बज्राचार्यले प्राज्ञिक क्षेत्रमा अनुसन्धानको महत्वमाथि जोड दिनुभयो ।

यसअघिको प्रतियोगितामा पनि दक्षिण एसियाकै उत्कृष्ट प्रदर्शन गर्दै आएको र विभिन्न समयमा पुरस्कार जितेको नेपाली टोलीसमक्ष यसपालि प्रतियोगिता नै जित्नुपर्ने चुनौती पनि थपिएकोे छ । (रासस)

प्रतिक्रिया दिनुहोस्