Logo

स्पष्ट निर्णयकर्ताको अभावमा देश अराजकता तर्फ जाने :सिटौला



Spread the love

नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले स्पष्ट निर्णयकर्ताको अभावमा देश अराजकता तर्फ जाने बताएका छन् ।

 


महिला उत्थान केन्द्रले आज राजधानीमा गरेको कार्यक्रममा नेता सिटौलाले संवैधानिक निकायले निष्पक्ष काम गर्न नसक्ने अवस्था श्रृजना भएको भन्दै यस्तो अवस्थाले अन्तत लोकतन्त्रमाथि नै गम्भीर समस्या थप्ने बताए । केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म दुई तिहाईको सरकार भएकाले शक्ति सन्तुलनको अवस्था डरलाग्दो भएको टिप्पणी पनि उनले गरे ।
संविधानले सबै वर्ग, जात जाति र भाषा भाषीको अधिकार सुरक्षित गरे पनि सरकार ती अधिकार प्रत्याभुतिका लागि बनाउनुपर्ने ऐन निर्माणमा चासो नदिएको दाबी उनको थियो ।
उनले संविधानले र्निदृष्ट र परिकल्पना गरेको मार्गचित्रमा सरकार अघि बढ्न नसकेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्