Logo

संविधान संशोधन तयारीमा मोर्चा सशंकित



Spread the love

Madhesi-Morcha_file_tasbir

प्रधानमन्त्री प्रचण्डले यही कात्तिक मसान्तभित्र संविधान संशोधन प्रक्रिया थाल्ने तयारी भइरहेको बताइरहँदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा भने आफूले चाहेअनुसार संविधान संशोधन हुनेमा सशंकित छ ।

संविधान संशोधनको मुद्धामा असन्तुष्ट समूहसँग पयाप्त छलफल नभएको र सीमांकनको विवाद टुंग्याउनुको साटो सरकारले आयोग गठन गर्न सक्ने सम्भावना देखिएपछि मोर्चा सशंकित भएको हो । आजको नागरिकमा खबर छ ।

अघिल्लो वर्ष संविधान जारी भएदेखि नै आफ्ना मागलाई मृुख्य राजनीतिक दलले बेवास्ता गरेको भन्दै मेधेसवादी दलहरुले संविधान संशोधन गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।

संविधानप्रति असन्तुष्टि जनाउँदै आएको मोर्चाका नेता तथा संघीय समाजवादी फोरमका आध्यक्ष उपेन्द्र यादवले सरकारको रवैया हेर्दा अब हुने भनिएको संविधान संशोधनप्रति चित्त बुझाउन सकिने अवस्था नभएको बताए ।

‘संविधान संशोधन केका लागि गर्न लागिएको हो र कुन विषयमा गर्न आवश्यक छ भनेर पर्यापत छलफल भएको छैन,’ यादवले भने, ‘जसरी ठूला भनिएका दलहरु छलकपट र जालझेलमा लागेका छन्, त्यसले देश बन्दैन, द्वन्द्व समाधान हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्