Logo

कल्पना लामा योन्जनको स्याड गीत’आफ्ना पराई’ सार्वजनिक



Spread the love

नेपाली म्युजिक इन्डस्ट्रीमा नयाँ गायक गायिकाको दिनानुदिन आगमन भइरहेको छ । हरेक दिन नयाँ गित र एल्बम पनि सार्वजनिक भैरहन्छ्न । कति रहर गरेर आएका हुन्छन् भने कति म्युजिकमै करिएर बनाउछु भन्ने सोचका साथ आएका हुन्छन् । कति यो फिल्डमा टिक्छ्न कति कोसिसमा लागिरहनछ्न।बेला बेला प्रतिभा पलायनको कुरा नआएको पनि होइन। कति बिदेश पलाएन हुन्छ्न र उतै बिलाउछ्न।तर कति यस्ता पनि हुन्छ्न जो नेपालको जुनै कुनामा भए पनि नेपाललाई मन बाटै माया गर्छ्न र नेपाली कला साहित्य र संगीतलाई माया गर्छन।

नेपाली संगीतमा केहि गर्छु भन्ने सोचका साथ लागीपरेकी गायिका कल्पना लामा योन्जनको नयाँ गीत ‘आफ्ना पराई’ बजारमा सार्वजनिक भएको छ। यस गीतमा स्वर र शब्द स्वयम गायिका कल्पना लामा योन्जनको नै रहेको छ । यस गीतमा संगीत कृति श्यामसुन्द्र जोशीको रहेको छ। यस गितको यरेन्ज पुस्कर सुनुवारले गरेका हुन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/6uENCDVRbxw

प्रतिक्रिया दिनुहोस्