Logo

यही कार्तिक २१ गते सल्यान रुकुम यातायातको बागचौरमा शाखा कार्यालय उद्घाटन हुँदै



Spread the love

FB_IMG_1476034621641-1

यही कार्तिक २१ गते सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानले सल्यान बागचौरमा पहिलो शाखा कार्यालय उद्गघाटन गर्ने भएको छ ।

यस अघि २० गते शाखा कार्यालय उद्घाटन गर्ने समितिले जनाएको थियो तर कार्यक्रममा उपस्थिति हुने अतिथीहरुको जिल्लामा सिमान्कन सम्बन्धी महत्त्वपूर्ण कार्यक्रम नसकिएकोले कार्यक्रम २१ गते सारिएको समितिले जनाएको छ ।

सल्यान जिल्लाको व्यापारिक एवं भौगोलिक रूपले महत्त्वपूर्ण ठाउको रूपमा परिचित बागचौरमा शाखा कार्यालय स्थापना गरी यात्रुहरूको सहजतालाई मध्यनजर गर्दै बागचौर बाट स्थानीय रुटहरुमा गाडी सञ्चालन गरिने सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तथा सल्यान क्षेत्र १ का सांसद टेक बहादुर बस्नेत्को प्रमुख आतिथ्यमा उद्घाटन गरिने शाखा कार्यालयमा समितिको नियमित बैठक समेत बस्ने समितिका अध्यक्ष लोकमान बुढाथोकीले सल्लेरी खबरलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्