Logo

‘कायरा’ गीत रिलिज (भिडियो सहित)



Spread the love

शुक्रबारबाट प्रर्दशनमा आएको चलचित्र ‘कायरा’मा समाबेश ‘रंग छ कहाँ’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा नायक आर्यन सिग्देललाई फिचर गरिएको छ ।कोसिश क्षेत्रीको शब्द तथा संगीत रहेको गीतमा केतन क्षेत्रीले स्वर दिएका छन् । लक्ष्मण रिजालले निर्देशन गरेको चलचित्रमा आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहका अलवा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरुको पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

आर्यन सिग्देलको कथा रहेको ‘कायरा’मा स्क्रिन प्ले र डाइलग केदार भुषालले लेखेका हुन् । चलचित्रलाई शिबराम श्रेष्ठले खिचेका हुन् भने बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका छन् । चलचित्र ‘कायरा’ यतिबेला नेपालभरका हलहरुमा प्रदर्शन भइरहेको छ । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/pFXmlXqq7XM

प्रतिक्रिया दिनुहोस्