Logo

चलचित्र ‘रोजी’ को पहिलो गीत ‘फूल हैन’ सार्वजनिक (भिडियो)



Spread the love

चलचित्र ‘रोजी’को पहिलो गीत सार्वजनिक भएको छ । अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको रोजीको ‘फुल हैन…’बोलको गीत सोमबार रिलिज भएको हो । गीतमा प्रदीप र अभिनेत्री मिरुना मगर फिचर छन् । चलचित्रको यो गीत टर्कीको पर्यटकीय स्थल इस्तानबुल, साल्टलेक र कोनियामा छायाङ्कन गरिएको हो । सार्वजनिक गीतमा एलिस कार्कीको सङ्गीत रहेको छ भने प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको छ । राजेशकुमार श्रेष्ठको शब्द रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । क्राइम थ्रीलर र रोमान्टिक जनरामा बनेको चलचित्र रोजीलाई निरक पौडेलले निर्देशन गरेका हुन् ।चलचित्र ‘रोजी’ को पहिलो गीत ‘फूल हैन’ मा प्रदीप–मिरुना रोमान्स (भिडियो)चलचित्रमा अनुप सापकोटाको कथा र केदार भुषालको पटकथा रहेको छ । चलचित्रमा प्रदीप, मिरुना र परमिता राणा मुख्य भूमिकामा छन् । यी तीन पात्र वरपर द्धन्द्ध घुम्छ । राजु विक्रम थापाको छायाङ्कन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र अर्जुन पोखरेलको सङ्गीत र बुद्धिलाल मगरको निर्माण नियन्त्रण छ । गोपीकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र २२ भदौमा देशव्यापी रिलिज तयारीमा छ ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/49l3WFQe0Q4

प्रतिक्रिया दिनुहोस्