Logo

सलमान खानद्वारा निर्मित ‘लवरात्री’ काे ट्रेलर सार्वजनिक



Spread the love

सलमान खानद्वारा निर्मित बहुप्रतिक्षित फिल्म ‘लवरात्री’को ट्रेलर सार्वजनिक भएको छ । सलमान खानकी बहिनी अरपिता खानका श्रीमान आयुष शर्मा  र फिल्मकी अभिनेत्री वरीना हुसेन पहिलो पटक बलिउड फिल्ममा डेब्यू गर्दैछन ।वरीना हुसेनले न्युयोर्क फिल्म ऐकडेमीबाट फिल्मसम्बन्धी आफ्नो पढाई पूरा गरी केही विज्ञापनहरुमा समेत काम गरी सकेकी छन् । अर्को रोचक कुरा यो पनि छ कि यस फिल्मका निर्देशक अभिराज मिनवाला पनि यसै फिल्मबाट निर्देशनमा डेब्यू गरिरहेका छन् ।

यसपूर्व फिल्म ‘लवरात्री’को टिजर सार्वजनिक भएको थियो । आज सार्वजनिक भएको ट्रेलर सार्वजनिक हुनेबित्तिकै सामाजिक सञ्जालहरुमा ट्रेन्डिङ भैसकेको छ ।यस फिल्ममा सलमानका दुवै भाइ अरबाज र सोहेलको पनि अभिनय देख्न सकिन्छ। । उनीहरुलाई सलमानको छाँयामा परेकाले अभिनयमा नजमेको मानिन्छ । उनका ज्वाईँको अभिनय कौशल हेर्नका लागि मनिसहरु बढी आतुर भएको देखिन्छ । फिल्म ‘लवरात्री’मा आयुष र वरीनाका अलावा राम कपूर र रोनित रोय समेत मुख्य भूमिकामा रहेका छन् । यो फिल्म २०१८ को अक्टोबर ५ मा नवरात्रीको अवसरमा प्रर्दशन हुनेछ ।

हेर्नुहोस् ट्रेलर:

https://youtu.be/NCC6izqds04

प्रतिक्रिया दिनुहोस्