Logo

तीज गीतमा नेपालका पहिलो नायिकाहरूले मर्काए कम्मर (हेर्नुहोस् भिडियो)



Spread the love

नेपाली महिलाहरूको महान् पर्बको उपमा पाएको तीजको अर्को पक्ष भनेको गीत सङ्गीत हो । यसैलाई लक्षित गरि विभिन्न स्रजकहरुले तीज गीतहरू बजारमा ल्याइ रहेका छन् यति बेला । यसै मेसोमा सञ्चारकर्मी गीता अधिकारीको ‘यतै घमाइलो उतै घमाइलो’ तीज गीत सार्वजनिक भएको छ । नेपालको पहिलो महिला सभामुख ओनसरी घर्तीको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा नेपाली चलचित्रक्षेत्रका अग्रहज महिलाकलाकारले नृत्य गरेका छन् । नेपालको पहिलो नायिका भुवन चन्द, नेपालको पहिलो रङ्गीन चलचित्रको नायिका चैत्यदेवी, हास्य सम्राज्ञी बसुन्धरा भुसाल, नायिका रुपा राना, सारिका घिमिरेलगायतकाको अभिनय रहेको ‘यतै घमाइलो उतै घमाइलो’ तीज गीतको भिडियो सार्वजनिक भएको हो । सारिका घिमिरेको स्वरमा रहेको गीतमा दीपक शर्माको सङ्गीत, सुदिप सागरको सङ्गीत संयोजन, साजन शाहको ध्वनि मिश्रण रहेको गीतको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन भने वीरेन्द्र भाट ‘विपिन’को छायाँकन/सम्पादन रहेको छ ।वल्र्ड कभर मिडिया प्रा.लि.को पोष्ट प्रोडक्सन रहेको गीतको भिडियोमा मनिता गहतराजको नृत्य निर्देशन, राम सिंह भाटको सह सम्पादन, विनोद दाहालको श्रृङ्गार छ ।

हेर्नुहोस् भिडियो: 

https://youtu.be/zypfe24Dyac

प्रतिक्रिया दिनुहोस्