Logo

‘कार्टुन्ज क्रु’को नयाँ गीत ‘दन्ते मोहनी ‘ सार्वजनिक (भिडियो)



Spread the love

नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को रोमान्टिक कमेडी शैलीमा तयार भएको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘दन्ते मोहनी ‘ बोलको गीतलाई निर्माण टीमले आज सार्वजनिक गरेको हो ।’दन्ते मोहनी ‘ बोलको गीतलाई उनिहरुले निकै नै रोमान्टिक तथा पृथक कमेडी सैलीमा प्रस्तुत गरेका छन।जसमा कार्टुन्ज क्रुले यस अघिको भन्दा केहि फरक र नयाँ गर्ने प्रयास गरेको छ । जुन भिडियो हेर्दा प्रस्ट देख्न सखिन्छ ।उनिहरुको डान्समा हरेक पटक केहि नौलोपन देख्न पाईन्छ ।छोटो समयमै आफुलाई स्थापित गर्न सफल काटुृन्ज क्रुले गरेका सबैगीत युटूबमा सुपरहिट हुने गरेका छन् । यस गीतमा सचिन फुयालको स्वर रहेको छ । कार्टुन्ज क्रुका सरोज अधिकारीको निर्देशनमा निर्माण भएको यस भिडियोमा सरोज , राम र सुबिनको कोरियोग्राफी रहेको छ ।भिडियोलाई सुपृम पराजुलिले सम्पादन गरेका छन । भिडियोलाई सहाएक निर्देशन भने लाक्पा डि लामाले गरेका छन् ।भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा लामा, राम घले, सुबिन अधिकारी , विकास राई , पेम्बा मगर र साजन चौहानले गज्जबको डान्स र कमेडी गरेका छन् ।यस गितको यरेन्ज बालकृष्ण सेवाचार्यले गरेका हुन्। श्री थापा  मगरको शब्द/संगीत रहेको छ । यो उनीहरुले गरेको अहिलेसम्मको फरक प्रकृतिको भिडियो हो ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/cwtyx7XWI8E

प्रतिक्रिया दिनुहोस्