Logo

चर्चित लोक गायक शक्ति चन्दको तिज गीत “सी सि क्यामराले” सार्वजनिक



Spread the love

नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा तीज सम्बन्धी विभिन्न गीतहरु सार्वजनिक हुने क्रम गर्माएको छ । विगतका वर्षहरुमा झै यो वर्ष पनि विभिन्न लय तथा शब्दका तीज गीतहरु धमाधम बजारमा ल्याउन गायक गायिकाहरु यतिबेला अति नै व्यस्त हुन थालेका छन् ।हिन्दु महिलाको चाड हरितालिका तीज, दर र ब्रतका लागि मात्र हैन गीत संगीतका लागि पनि प्रख्यात छ।लोक सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल मध्यपश्चिमको सल्यान जिल्लामा जन्मीएर काठमाडौंलाई कर्म थलो बनाई निरन्तर लोक संगितको क्षेत्रमा लामो संघर्ष गर्दै गायन कला मै आफुलाई समर्पित गरेका चर्चित लोक गायक शक्ति चन्दले पछिल्लो समय दर्जनौ बढी हिट गितहरु बजारमा पठाएर आफ्नो स्टारडमलाई उचाईमा पु¥याएका छन ।यसै क्रममा चर्चित लोक गायक शक्ति चन्द र गायीका केसरी घर्तिको स्वरमा रमाईलो तीज विषेश गीत “सी सि क्यामराले…..” सार्वजनिक भएको छ।जस्तो सुकै प्याटर्न र लयमा भएका गितहरुलाई आफ्नो सुमधुर स्वरमा राम्रोसंग ढाल्न सक्ने क्षमता भएका गायक चन्द, लोक संगितको क्षेत्रलाई उचाईमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्न सक्छन भन्ने उनको गायन क्षमताबाट सजिलै संग अनुमान गर्न सकिन्छ। यस अघि पनि धेरै गितहरु दर्शक श्रोता माझ पस्केका शक्तिले यतिबेला “सी सि क्यामराले…..” बोलको तीजगित बजारमा ल्याएका छन् ।जस्तो सुकै परिस्थिती र सबैसंग मिल्न सक्ने मिजासिलो स्वभावका चन्द आफुले अझै पनि दर्शकको रोजाई अनुुसार गितहरु बजारमा ल्याउन बताउछन । पल पल झल्को आएर, तिम्लाई शुभकामना, गाठो पर्याे डोरी, मनका विलरी, मलै छक्का हान्छु, होला नानै, मत बगर ढुङ्गे वालुवा, जस्ता हिट गितहरुमा शक्तिले आवाज भरेका छन । अब गायनमा मात्रै नभएर आफुले आउने गितमा मोडलिङ गर्नै सोच रहेको उनले बताए।SNG प्रोडक्शन प्रा .लिको प्रस्तुतिमा केशरी घर्ति मगरको तीज गीत “सी सि क्यामराले…..” मा सुमन गिरिको लय/शब्दरहेको छ। बहुचर्चित गायक शक्ति चन्द र केशरी घर्ति मगरको स्वर रहेको यस गितको म्युजिक भिडियो पनि SNG प्रोडक्शन प्रा .लिको युवटुव च्यानल मार्फत सार्वजानिक गरिएको छ ।जसमा अहिलेका व्यस्त नृत्य निर्देशक मौसम हिमालीको निर्देशनमा बनेको म्युजिक भिडियोमा करिश्मा ढकाल र तिलक शाही ठकुरीको अभिनय देख्न सकिन्छ ।दुर्गा पौडेलले छायांकन गरेको गितलाई नबिन घर्ति मगरले सम्पादन गरेका छन् ।
हेर्नुहोस भिडियो:
https://youtu.be/2tei_DccVKs

प्रतिक्रिया दिनुहोस्