Logo

अगिंकृतलाई राष्ट्रप्रमुख बनाउने कुरा भ्रामक : उर्जा मन्त्रि शर्मा



Spread the love

15032384_1785667271646776_1823146999_nउर्जा मन्त्रि जनार्दन शर्माले अंगिकृत नागरीक राष्ट्र प्रमुख बन्न पाउने भन्ने कुरा भ्रामक भएको बताएका छन् । सोमवार सल्यानको श्रीनगरमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै मन्त्रि शर्माले अंगिकृत नागरीक राष्ट्र प्रमुख बन्न पाउने भन्ने कुरा सरकार र ब्यक्तीगत रुपमा आफुलाई समेत स्वीकार्य नहुने बताए ।
सरकारले मधेसी मोर्चाको मानग पुरा गर्ने भन्ने भन्दै संसदमा पेश गर्न लागेको संबिधान संसोधनको प्रस्तावमा अंगीकृत नागरीक राष्ट्र प्रमुख बन्न सक्ने प्रावधान समेत उल्लेख गर्न लागेको चर्चा आईरहेका बेला मन्त्रि शर्माले त्यसको कडा खण्डन गरेका हुन् । नेकपा मओवादी केन्द्रका नेता समेत रहेका मन्त्रि शर्माले अंगीकृत नागरीकलाई राष्ट्र प्रमुख बनाउन सकिने कुरा राष्ट्रीय हित बिपरीत हुने उल्लेख गरे ।
मन्त्रि शर्माले संबिधान कार्यान्वयन बर्तमान सरकारको प्रमुख एजेण्डा भएको भन्दै संबिधान कार्यान्वयन गर्नका लागि यसलाई सबैको साझा बनाउन जरुरी रहेका बताए । त्यसले नै संबिधान संबिधान संसोधन आबश्यक रहेको बताएका थिए । मन्त्रि शर्माले लोकमानसिंह कार्कीका बिरुद्ध पेश भएको महाअभियोग पास हुने दावी गरे ।
यसका लागि प्रमुख तीन दल काँग्रेस,एमाले र मओबादी केन्द्र एक ठाउँमा आउने बिश्वास ब्यक्त गरे । अख्तीयार प्रमुख लोकमान सिंह कार्कीले बिधिको शासनलाई नमानि समानान्तर सरकार सञ्चालन गर्न खोजेकाले उनका बिरुद्ध अबिश्वासको प्रस्ताव ल्यानउनु परेका मन्त्रि शर्माले बताए ।
एक अर्को प्रसंगमा मन्त्रि शर्माले सल्यानमा लामो समयदेखि निर्माधिन बिद्युत सब स्टेशनमा ३३ केभिएको लाईन दुई महिना भित्र ल्याउने दावी समेत गरे । “मैले आबश्यक निर्देशन दिईसकेको छु मन्त्रि शर्माले भने दुई महिना भित्र आबश्यक सामान सात समुद्र पारीबाट ल्याएर भएपनि जोड्नुस् ।”

उनले सल्यानको शारदा नदीबाट ९३ मेगावाट बिद्युत उत्पादन गर्ने गरी आफुले पहल अगाडी बताएको बताए । २२ अर्ब लागत लाग्ने उक्त आयोजनाका लागि सबै नागरीकले सेयर लगानी गर्न सक्ने वाताबरण तयार पारिदिने उनले बताए । यसैबीच उर्जा मन्त्रि शर्मालाई बिभिन्न माग राखि सल्यान उद्योगबाण्ज्यि संघले ज्ञापन पत्र बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्