Logo

विकट क्षेत्रका २२ बालविकास केन्द्र र १८ विद्यालयलाई शैक्षिक सामग्री प्रदान



Spread the love

salyan district

सल्यानका सातवटा बालविकास केन्द्र र १८ वटा विद्यालयले झन्डै १० लाख बराबरको सहयोग प्राप्त गरेका छन् । जिल्लाको उत्तरी विकट गाविस दार्माकोट, भल्चौर, ढाकाडाम र जिमालीका विद्यार्थीको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले जिल्ला शिक्षा कार्यालय सल्यानको समन्वयमा सहयोग प्रदान गरिएको हो ।

चार गाविसका सातवटा बालविकास केन्द्रको बसाइ व्यवस्थापनका लागि बालबालिकाको संख्याका आधारमा कार्पेट, कुसन, राउण्ड टेबल, पिफर्म, सुज र्‍याक लगायतका सामग्री प्रदान गरिएको हो ।

विद्यालयमा सामग्री प्रदान गरेपछि विद्यार्थीहरू नियमित विद्यालय आउने, पुरै समय विद्यालयमा पढ्ने तथा विद्यालय बाहिर रहेका बालबालिका समेत विद्यालय आउन थालेको गोठिवन श्रोत केन्द्रमा कार्यरत जिल्ला शिक्षा कार्यालय सल्यानका श्रोत व्यक्ति जंगबहादुर पुनले बताए ।

यस्तै प्रारम्भिक चरणको पढाइ सुधारका लागि १८ वटा विद्यालयमाप्रति विद्यालय २० हजारका दरले शिक्षण सिकाई सामग्री प्रदान गरिएको छ । १८ वटै विद्यालयमा कक्षा १ देखि ५ सम्ममा ती शैक्षिक सामग्रीको प्रयोग गरी पढाउन सुरु गरिएको विद्यालयहरुले जनाएका छन् । २२ बालविकास केन्द्रमा बालबालिकालाई शैक्षिक सामग्रीको मद्दतमा सिकाउनका लागि बालविकास केन्द्र किट बक्स प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्