Logo

सल्यानमा १९ वटा कुकुरको स्थायी बन्ध्याकरण



Spread the love

14997038_1786273321586171_532850518_n

सल्यान जिल्लामा पाल्तु तथा सामुदायिक भुसिया कुकुरहरुलाई बन्ध्याकरण गर्ने तीन दिने शिविर सञ्चालन गरिएको छ ।

जिल्ला पशु सेवा कार्यालय सल्यान र हिमालयन एनिमल रेस्क्यू ट्रष्ट पोखराको आयोजनामा शिविर खलंगामा सञ्चालन गरिएको छ । सदरमुकाम खलंगा सहितको आसपासका ठाउँहरुबाट सामुदायिक भुसिया कुकुरहरुलाई समातेर ल्याई रेबिज विरुद्ध खोप दिँदै कुकरहरुलाई बन्ध्याकरण गरिएको छ ।

आज १९ वटा कुकुरहरुलाई रेबिजको खोपसहित बन्ध्याकरण गरिएको जिल्ला पशु सेवा कार्यालय सल्यानका वरिष्ठ पशु विकास अधिकृत डा. बालकुमार श्रेष्ठले जानकारी दिए ।

15046225_1786273361586167_1938420867_n

विभिन्न स्थानमा छाडा रूपमा छाडिएका कुकुरको व्यवस्थापन हुन नसक्दा समस्या आउनुका साथै अनावश्यक कुकुर उत्पादन भएकाले बन्ध्याकरणको काम सुरु गरिएको उहाँले बताउनु भयो । शिविरमा आज पहिलो दिन १२ वटा पोथी कुकुर, ५ वटा भाले कुकुर र २ वटा बिरालोको रेबिज विरुद्ध खोप सहित बन्ध्याकरण गरिएको छ ।

जिल्लामा भुसिया कुकुरहरुको विगविगी र तिनीहरूको टोकाईले विभिन्न मानिसहरू घाइते र रेबिजका सिकार बन्दै गएका छन् । कुकुरहरुलाई रेबिज विरुद्धको खोप दिएपछि रेबिज रोग नसर्ने र बन्ध्याकरण पछि कुकुरको जनसङ्ख्यामा कमी आउने उद्देश्यले शिविर सञ्चालन गरिएको वरिष्ठ पशु विकास अधिकृत श्रेष्ठले जानकारी दिए  ।

जिल्ला पशु सेवा कार्यालय सल्यानले आफ्नो घरमा पाल्तु तथा सामुदायिक भुसिया कुकुरलाई शिविरमा ल्याई निःशुल्क बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाउन आग्रह गरेको छ । आज देखी सुरु भएको शिविर २६ गते सम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्