Logo

बाँझकाँडा बागचौर नगरपालिकामै कायम गरिनु पर्ने माओवादीको माग, छुट्ट्याउन खोजेको भन्दै एमाले उपाध्यक्षको राजीनामा



Spread the love

salyan district

नेकपा माओवादी केन्द्र बाँझकाँडाले एक प्रेस विज्ञप्ति जारी गरी स्थानीय तह पुनर्संरचना गर्दा बाँझकाडालाई बागचौर नगरपलिकामा मै कायम गरिनु पर्ने बताएको छ ।

माओबादी केन्द्रको विज्ञप्ति

15049585_1824672687776881_646231822_n15050208_1824673591110124_1719595682_n

बाँझकाँडा बासीलाई इलाका प्रहरी कार्यालय, स्वास्थ्य सेवा, सेवा केन्द्र लगायत सबै प्रकारका सेवा सुविधाहरू बागचौर नगरपालिका बाट लिदै आएकोले बागचौर नगरपालिकामा नै बाँझकाँडालाई पाएक पर्ने हुँदा पुनर्संरचना गर्दा बागचौर नगरपालिकामै कायम गर्नु पर्ने माओवादी केन्द्र बाँझकाँडा गाउकमिटीका अध्यक्ष राम बहादुर बस्नेत द्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बाँझकाँडा लाई बागचौर नगरपालिकामा कायम नगरी बाझकाडा बासीको मागलाई निस्तेज गर्न खोजे त्यसको परिणाम राम्रो नहुने र बाँझकाडाका जनताले कडा आन्दोलन गर्ने बस्नेतको भनाई छ ।

नगरपालिकामा रहेको बाँझकाँडालाई केही व्यक्तिको स्वार्थमा गाउपालिका राख्न खोजेको भन्दै व्यापक जनगुनासो रहेको छ ।

यस अघि जिल्ला बाट गएको स्थानीय तह पुनर्संरचना आयोगलाई बाँझकाँडाको सर्बपक्षिय/सर्बदलिय निर्णयले बागचौर नगरपालिकामै कायम रहनु पर्ने भन्दै निर्णय गरी पठाएको थियो ।

एमाले उपाध्यक्षको राजिनामा 

15033683_737773529721519_420387491_n

यस अघि बाँझकाडा गाविसलाई बागचौर नगरपालिकामा कायम गर्ने सर्बपक्षीय निर्णयलाई जिल्लामा रहेका केही नेताहरूले व्यक्तिगत स्वार्थको लागि छुट्ट्याएर गाउपालिकामा राख्न खोजेको तेस्मा एमालेले पनि राम्रो सँग पहलकदमी नलिएको भन्दै नेकपा एमाले बाँझकाडा गाउकमिटीका उपाध्यक्ष पवन बस्नेतले पद बाट राजीनामा  दिएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्