Logo

अगिंकृतलाई राष्ट्रप्रमुख बनाउने कुरा अमान्य : कमल थापा



Spread the love

IMG_5966

 

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अंगिकृत नागरिकलाई राष्ट्र प्रमुक बनाउने कुरा मान्य नहुने बताएका छन् ।

सल्यानको श्रीनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले अंगिकृत नागरिक राष्ट्र प्रमुक मात्र नभई सेना प्रमुक, प्रदेश प्रमुख पनि हुन नहुने बताएका हुन् ।

अर्को प्रसङ्गमा बोल्दै थापाले लोकमानसिंह कार्कीका विरुद्ध पेस भएको महाअभियोग प्रस्ताव बारे पार्टीले धारणा बनाइनसकेको बताएका छन् । आफुहरु सँग छलफलनै नगरी उक्त महाअभियोग प्रस्ताव ल्याईएको थापाले बताए ।
पार्टीमा गम्भीर छलफल गरी ठोस धारणा बनाईने उनको भनाई थियो ।

पत्रकार सम्मेलन गर्नु अघि थापालाई सल्यान उध्योग वाणिज्य संघ सल्यानले स्वागत गरेको थियो । सल्यान जिल्लाको विकासको लागि संघले डिलिगेसन थापालाई बुझाएको थियो ।

IMG_5868

IMG_5855

यस अघिका सल्यान उध्योग वाणिज्य संघ सल्यानका अध्यक्ष हरिहर बुढाथोकीको पालामा बनाइएको सल्यान जिल्लाको सम्पूर्ण डकुमेण्ट्री थापालाई संघले चिनोको रूपमा दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्