Logo

देशैभरि मल अभाव: चाहिने ४ लाख बोरा, छ ५० हजार बोरा



Spread the love

मल चाहिएकै बेला देशैभरि कहीं छैन। रोपाइँ सकिएको १५ देखि २० दिनमा धानखेतीलाई युरिया मल चाहिन्छ। यही बेला पाइन छाडेको छ।कृषि सामाग्री कम्पनीले समयमा झिकाउन नसक्दा किसान समस्यामा परेका हुन्।

नेपाल मलमा पूर्णतः परनिर्भर छ। भारतबाट सरकारले आयात गर्छ। चाहिएको बेला नल्याइदिने परम्परा यसपालि पनि दोहोरिएको छ।

तर, सरकारी निकाय आफैं यसमा निरीहता देखाउँछन्। ‘धानबालीलाई मल अभाव भएको जानकारी प्राप्त भएको छ,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उपसचिव तेज सुवेदीले भने, ‘तत्काल समस्या समाधान गर्न कृषि सामग्री केन्द्रलाई निर्देशन दिइसकेका छौं। मलको अभाव हुन दिन्नौं। वैकल्पिक उपाय लगाएर पनि आपूर्ति गर्छौं।’

                               सांकेतिक तस्बिर

मनसुनी वर्षाले साथ दिएकाले यस वर्ष देशैभरि बेलैमा रोपाइँ भयो। करिब ९५ प्रतिशत सकिएको सरकारी आँकडा छ। मन्त्रालयले उपाय लगाउने बताए पनि किसानलाई मल हाल्न ढिला भइसकेको छ।

चाहिएको बेलै मल र सिचाइँ पुगे यो वर्ष धान उत्पादनमा कीर्तिमान बन्ने मन्त्रालयको अनुमान छ। तर, त्यसमा सरकारी सक्रियता भरपर्दो देखिँदैन।

मौसमले साथ दिए पनि मल नहुँदा उत्पादन कम हुनेतर्फ किसान चिन्तित छन् भन्ने खबर आजको अन्नपुर्ण पोष्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्