Logo

प्रकाण्डलाई ४८ घन्टाभित्र हाजिर गराउन सर्वोच्चको आदेश



Spread the love

चन्दा उठाएको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई ४८ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

 

छोरा नरेन्द्रहादुर सिंह विकले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । आइतबार दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सरकारसँग लिखित जवाफ मागेको हो । सर्वोच्चले बाटोको म्यादबाहेक ४८ घन्टाभित्र बन्दीसहित लिखित जवाफ दिन भनेको छ ।

प्रकाण्ड हाल प्रहरी हिरासतमा छन् ।

चन्दा एेन २०३० अनुसार अनुसन्धान गर्न आइतबार मात्र उनलाई जिल्ला अदालत, काठमाडौंले थप ३ दिन थुनामा राख्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्