Logo

हत्याका आरोपी मन्त्री साधारण तारेखमा रिहा



Spread the love

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता एवम् महोत्तरी जिल्ला संयोजक
तथा समाजिक विकास राज्यमन्त्री समेत रहेका अभिराम शर्मा साधारण तारेखमा रिहा भएका छन् ।

 

सशस्त्र प्रहरी थमन विकको हत्याको आरोपी मन्त्री अभिराम शर्मालाई बहसपछि शर्मालाई साधारण तारेखमा रिहा गरिएको छ । उच्च अदालत जनकपुरले साउन १५ गते राज्यमन्त्री शर्मालाई पक्राउ गर्न महोत्तरी जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएको थियो । पत्र पाएपछि जिल्ला प्रहरी कार्यालयले उनलाई खोजी गरिरहेको थियो ।
राजपा नेपालले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेपछि राज्यमन्त्री शर्मालाई अदालतमा हाजिर गराएको छ । हाजिर भएपछि उनीसँग घटनाको बारेमा अदालतले बयान लिएको थियो ।पार्टीकै सुझावका आधारमा आज अदालतमा हाजिर भएका थिए ।

प्रतिक्रिया दिनुहोस्