Logo

बरुण र अनुष्काको ‘सुई धागा :मेड इन इन्डिया’ ट्रेलर सार्वजनिक



Spread the love

बलिउड चलचित्र ‘सुई धागा :मेड इन इन्डिया’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरमा अभिनेत्री अनुश्का शर्मा र वरुण धवन पतिपत्नीको भूमिकामा प्रस्तुत भएका छन् । ट्रेलरमा वरुण एक लुगा सिलाउनेको भूमिकामा छन् भने अनुश्काले ममताको चरित्र निभाएकी छिन् lयस राज ब्यानरमा बनेको चलचित्रलाई शारट काटरीयाले निर्देशन गरेका हुन् । यस अघि उनले ‘दम लगाके हैसा’ निर्देशन गरेका थिए । जुन समिक्षागत र ब्यापारिक हिसावले निकै सफल भएको थियो । यो चलचित्रमा वरुण र अनुश्काको साथमा गोविन्द पाण्डे लगायत कलाकारहरूको अभिनय रहेको छ ।मनीष शर्मा निर्मित फिल्मको रिलिज डेट गान्धी जयन्तीको दिन राखिएको छ । चलचित्र सेप्टेम्बर २८ मा रिलिज हुदैँछ ।

हेर्नुहोस् ट्रेलर :

https://youtu.be/VUe3p23AJMo

प्रतिक्रिया दिनुहोस्