Logo

तपाईको मोवाइलमा भएको फोटो डिलिट भयो ? यसरी गर्न सकिन्छ रिकभर



Spread the love

स्मार्ट फोनको विकाससँगै रिलबाट फोटो खिच्ने चलन एकादेशको कथा भइसकेको छ ।अहिलेका नव युवा पुस्तालाई त रिलबाट फोटो खिच्ने चलनको बारेमा थाहा नहुन पनि सक्छ । रिलबाट फोटो खिच्दा फोटो बिग्रने हो कि भनेर सावधानी पूर्वक फोटो खिचिन्थ्यो र जतन पूर्वक एल्बममा राखिन्थ्यो ।स्मार्ट फोनको बढ्दो प्रयोगसँगै मानिसले सहज रुपमा फोटो खिच्ने गरेका छन् । खिचिएको फोटोमध्येमा आवश्कक फोटो सुरक्षित साथ स्मार्ट फोनमा राखिन्छ र अनावश्यक फोटो डिलिट गर्ने गरिन्छ । तर, कुनै अवस्थामा अनावश्यक फोटो डिलिट गर्न अत्यावश्यक फोटो पनि डिलिट हुने गरेको छ ।

सो गल्तीले हामीलाई निकै तनावको सामना गर्नु पर्ने अवस्था पनि सिर्जना पनि हुन सक्छ । तर, अब तपाईले चिन्ता लिनु पर्ने छैन । हो, आज हामी तपाईका लागि स्मार्ट फोनबाट डिलिट भएका फोटो कसरी रिकभरि गर्ने तरिकाको बारेमा जानकारी दिन गईरहेका छौं ।

एन्ड्रोइड फोनबाट डिलीट भएको फोटो कसरी रिकभर गर्ने ?

१. सबैभन्दा पहिला ‘एन्ड्रोइड डाटा रिकवरी’ कम्प्युटर वा म्याक बुकमा डाउनलोड गरेर इन्स्टल गर्ने ।

२. कम्प्युटर वा म्याक बुकबाट एप्लिकेशन खोल्ने । एप्लिकेशनमा रहेको विकल्पमध्ये ‘डाटा रिकभरी’ मा क्लिक गर्ने । अब, फोटो डिलिट भएको डिभाइसलाई कम्प्युटर वा म्याक बुकसँग कनेक्ट गर्नु पर्ने हुन्छ ।

३. तपाईलाई ‘युएसबी डिबगिन्ग मोड’को स्वीकृती दिन भनिने छ । यदि फोनमा यसलाई एनेबल गरिएको छैन भने तल दिएको निर्देशन पालना गर्नु पर्नेछ ।

४. डिवाइसमा ‘युएसबी डिबगिन्ग मोड’ कनेक्ट भईसकेपछि डिवाइसमा विभिन्न प्रकारका फाइल भएको विन्डो देखिन्छ । जसलाई पुनःरिकभर गर्न सकिन्छ । अन्य सबैलाई डिसेलेक्ट गर्ने र ‘ग्यालरी’ विकल्पलाई सेलेक्ट गर्ने । अगाडि बढ्नका लागि नेक्स्टमा क्लिक गर्ने ।

५. यस प्रक्रियामा २ वटा मोड देखिन्छ । एउटा ‘स्टैन्डर्ड मोड’ र अर्को ‘एडभान्स मोड’ हुन्छ । तपाईले ‘स्टैन्डर्ड मोड’ मा क्लिक गर्नु पर्ने हुन्छ । साथै, वार्निङ म्यासेजलाई एक्सेष्ट गरेर नेक्स्टमा क्लिक गर्ने ।

६. अब स्क्यानिङको प्रक्रिया सूरु हुन्छ । यस प्रक्रिया पुरा हुन केहि समय लाग्छ । यस प्रक्रियाका दौरान डिभाइसलाई कम्प्युटरसँग कनेक्ट गरिराख्नु पर्ने हुन्छ ।

७. स्क्यान प्रक्रिया सकिएपछि तपाईको अगाडि ग्यालरीको सबै फोटो देखिन्छ । मेन्यूको बायाँ तर्फको ग्यालरीमा क्लिक गर्ने । अब ती फोटोलाई सेलेक्ट गर्ने जुन फोटो तपाई रिकभर गर्न चाहानु हुन्छ ।

फोटो कसरी सेभ गर्ने त ?

फोटो सेभ गर्नका लागि एउटा उपाय छ हामीसँग, जसको कारण तपाई आफ्नो फोटो सुरक्षित राख्न सक्नुहुन्छ । एन्ड्रोइड स्मार्टफोनमा गुगल फोटोज नामक एउटा डिफल्ट एप हुने गर्छ । तपार्इँ आफ्नो आवश्यक फोटोहरु यस एपमा अपलोड गर्न सक्नुहुन्छ । यो गुगल एकाउन्टसँग लिंक हुने गर्छ र यसमा भएको फोटो गुगल एकाउन्टको स्टोरेजमा गएर बस्ने छ ।

गुगल एकाउन्टमा रहेको फोटो जहाँबाट पनि लगइन गरेर तपाई हेर्न या डाउनलोड गर्न सक्नुनेछ । यदी तपाई आफ्नो स्मार्टफोन परिवर्तन गर्दै हुनुहुन्छ भने पनि यसलाई डाउनलोड गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्