Logo

लमहीमा जिल्ला ब्यापी लोकगीत प्रतियोगिता हुँदै



Spread the love

लमहीमा जिल्ला ब्यापी लोकगीत प्रतियोगिता हुने भएकोछ। विद्यार्थीहरुको प्रतिभा उजागर गर्न र लोकसंस्कृत जगेर्ना गर्ने उद्देश्यले एन प्याब्सन दाङले प्रतियोगिता आयोजना गर्न लागेको हो।

देउखुरी उद्योग बाणिज्य संघ लमहीको सभाहलमा यहि भाद्र १ गते बिहान ११ बजे उक्त कार्यक्रम संचालन गरिने भएकोछ।आफ्नो सदस्य बिध्यालयहरुलाई सो प्रतियोगितामा सहभागीताका लागि एन प्याब्सन दाङका उपाध्यक्ष एवं कार्यक्रम संयोजक भुमाण्डप केसीले आह्वान गर्नुभएकोछ।धार्मिक, सांस्कृतिक र रितिरिवाजको संरक्षण एवम् सम्वद्र्धन गर्ने उद्देश्य तथा प्रतियोगिहरुलाई प्रोत्साहन र लोक संस्कृतिको जगेर्ना गर्नको लागि उक्त कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्