Logo

तेह्रथुमका कैदीबन्दी चरम समस्यामा



Spread the love

जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबैन्दी राखेपछि कैदीबन्दीहरु समस्यामा परेका छन् ।

जिल्ला कारागारमा २५ जनाको क्षमता भएपनि ८८ कैदीबन्दी राखिएको छ । कैदीबन्दीलाई दैनिक शौच गर्न, खाना पकाउन, खानेपानीलगायत समस्या भएको छ । अहिले ८३ पुरुष र पाँच महिला कैदीबन्दी रहेको कारागार प्रमुख उमेश घिमिरेले जानकारी दिए । “क्षमताभन्दा बढी कैदीबन्दी भएपछि व्यवस्थापन गर्न समस्या भएको छ,” उनले बताए ।

कारागारको समस्या समाधानका लागि सम्बन्धित निकायलाई पटक–पटक ताकेता गर्दैआएको घिमिरेले बताउनुभयो । “माग सुनुवाइ भएको छैन,” उलने भने, जीर्ण र साँघुरो भवनमा कैदीबन्दीलाई बस्न सास्ती भएको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्